Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नक्कली नोट छाप्ने मेसिनसहित दुई भारतीय र एक नेपाली पक्राउ

    नक्कली नोट छाप्ने मेसिनसहित दुई भारतीय र एक नेपाली पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 3.4K
    SHARES

    कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नक्कली नाेट बनाएकाे अभियोगमा दुई भारतीयसहित ३ जनालाई पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१८ बस्ने दीपक नाथ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए ।



    एक हजार दरका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेकाे अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरेर नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्नेे मेसिनसहित कागजात र अभियुक्तहरुलाई सार्वजनिक गरिएको छ ।

    “अभियुक्तहरुले ग्रामीण भेग, वृद्ध तथा बालबालिकाहरु रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक मरासिनीले भने, “भारतीय नागरिक शर्मा र बम (श्रीमान्–श्रीमती) यहाँ डेरा गरी उक्त अवैध गतिविधिमा संलग्न रहँदै आएको देखिएको छ ।”

    त्यसैगरी प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा गत कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सिआइबीका प्रहरी भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–५ का २६ वर्षीय रवीन्द्र साउदलाई पक्राउ गरेको छ ।

    फरार रहेका साउदलाई प्रहरी टोलीले यहाँको बेलौरी नगरपालिका–८ पचुईबाट पक्राउ गरेको हो । सो घटनाका तीनजना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार