Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नक्कली नोटसहित एक व्यक्ति पक्राउ

    नक्कली नोटसहित एक व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 450
    SHARES

    काठमाडौं । नक्कली नोट लिएर कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गजुरी गाउँपालिका-४ का सन्तोष चेपाङ पक्राउ परेका छन् ।



    प्रहरीले चेपाङलाई एक हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली नोटसहित गएराति शंखमुलबाट नियन्त्रणमा लिएको हो।



    गजुरी गाउँपालिका-४ घर भएका चेपाङ हाल शंखमुलमै बस्दै आएका थिए ।

    मंगलबार शंखमुलमा रहेको खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार