Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नक्कली नोट छाप्ने मेसिनसहित दुईजना पक्राउ

    नक्कली नोट छाप्ने मेसिनसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 1.2K
    SHARES

    पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ परेका छन् ।

    नक्कली नोटको कारोबार हुँदै गरेको सूचनाका आधारमा बर्दघाट नगरपालिका ४ स्थित एक होटलमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा तनहुँको ऋषिङ-२ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार-३ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



    नक्कली नोटसहित बुधबार पक्राउ परेका दुवैलाई सोधपुछ गर्दा छाप्ने मेसिनसमेत भएको पत्ता लागेको थियो ।पक्राउ परेकाको बयानपछि नक्कली नोट छापेर कारोबार गर्ने अरु पनि भएको आशंकामा प्रहरीले गिरोहको खोजीकार्य थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार