Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि नेकपाकाे विवाद समाधान हुन्छ : डा. राजन भट्टराई

    प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि नेकपाकाे विवाद समाधान हुन्छ : डा. राजन भट्टराई

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टीभित्र देखिएको विवाद महाधिवेशनबाट छिनोफानो हुने बताएका छन् ।

    रिपोटर्स क्लब नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा डा. भट्टराईले पार्टीभित्र देखिएको विवाद सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी हुँदै महाधिवेशनबाट छिनोफानो हुने बताएका हुन् ।



    कार्यक्रममा उनले भने “कमिटीगत हिसाबबाट अहिलेको निकास खोज्नुपर्छ, दायाँबायाँ लाग्ने भनेको विग्रहको बाटो हो, विग्रहको बाटोमा जाने छुट पार्टीका कुनै नेता र कार्यकर्तालाई छैन । पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्छ । त्यो नै समस्या समाधानको उपाय हो ।”



    उनले नेपाल र भारतबीचको संवाद पूर्वस्थितिमै फर्केको बताए । उनले भने, “भारतसँगको सम्बन्ध र संवादको स्थिति ट्रयाकमा फर्केको छ ।”

    दुवै देशबीच माथिल्लो तहमा एकीकृतरुपमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरको संयुक्त समितिको आगामी डिसेम्बरमा हुने बैठकपछि एउटा ‘कोर्स’ लिने डा. भट्टराईकाे भनाइ रहेकाे थियाे ।

    कालापानीको विषयपछि नेपाल–भारतबीचको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने आशंकालाई दुवै देशका प्रधानमन्त्रीबीच अगस्त १५ मा भएको टेलिफोन संवाद र पछिल्ला तीन तहका भ्रमणले सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे ।

    लिम्पियाधुरा, लिपुलेक र कालापानी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतको हो भन्ने पुष्टि गर्दैन भन्दै डा भट्टराईले भने, “विदेश सचिवको भ्रमणले त्योभन्दा माथिल्लो तहको छलफल र भ्रमणका लागि बाटो खुलेको छ ।”

    चीनसँग पनि केही समय पहिले ऐतिहासिक र दुरगामी महत्वका यातायात र पारवहन सन्धि भएको उल्लेख गर्दै उनले सीमानाका र बाटालाई व्यवस्थित गर्दै सम्बन्ध विस्तार गरी अघि बढाउनपर्ने आवश्यकता औँल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार