Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेविसंघले भन्यो - गाडी रोकेको हो, जलाउन खोजेको होइन

झापा। नेपाल विद्यार्थी संघ (नेविसंघ )झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गरेका छन् ।

नेविसंघ झापाका सभापति उप्रेतीले बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा नेविसंघको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरे ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नंको सरकारी गाडीमा रहेकै अवस्थामा नेविसंघको कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफूलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताउँदै आएका छन् ।

नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला बिहीबार अपराह्न ३ बजेतिर आफू सवार गाडीमा आगजनीको प्रयास भएको उपप्रमुख उप्रेतीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077