काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधि रोक्न एकजुट हुन आग्रह गरेका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन्।
उनले पछिल्लो समयमा देशभर भइरहेका संविधानविरोधी र हिंसात्मक गतिविधिको विरोधमा जुट्न गणतन्त्र इतर सबै दल एक हुनुपर्ने जाेड दिए।
बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पारेका थिए।
पछिल्लो समय मुलुकभर एकातिर राजतन्त्र पक्षधरको प्रदर्शन भइरहेको छ भने अर्कोतिर विप्लवले हिंसात्मक राजनीति जारी राखेको छ। प्रधानमन्त्री ओलीले दलबीच एकता र राष्ट्रिय सहमति कायम गराउन सर्वदलीय बैठक बोलाउँदै आएका छन्।