Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्वदलीय बैठकमा ओलीकाे चर्काे आलोचना

काठमाडौँ । बालुवाटारमा मंगलबार (आज) बसेकाे सर्वदलीय बैठकमा सरकारको चर्काे आलोचना भएको छ ।

पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा सरकारको काम कारबाहीलाई लिएर विपक्षी दलका नेताले चर्को आलोचना गरेको हुन्।

बैठकको सुरुमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका विषयमा नेताहरुको धारणा मागेका थिए । त्यसपछि बोल्ने प्रमुख प्रतिपक्ष दल कांग्रेस, जनता समाजवादीलगायतका नेताले सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको धारणा राखेका थिए ।

त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको र त्यसलाई प्रतिगामीहरुले उपयोग गर्ने कोशिस गरेको नेताहरुले बताएका हुन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सरकार संविधानको मर्म अनुसार नचल्दा विभिन्न कोणबाट सडकमा असन्तुष्टि देखिएको बताए । सरकार सच्चिएर लोकतान्त्रिक पद्धती अनुसार चल्यो भने त्यस्ता प्रवृत्ति सफल हुन नसक्ने उनले बताए । संघीय संसदको बैठक तत्काल बोलाउन पनि सरकारसँग माग गरेको नेता महतले बताए ।

कोभिड–१९ नियन्त्रण र उपचारमा सरकार चुकेको, सरकार संविधानको मर्म अनुरुप नचलेको, स्थानीय तहदेखि संघीय सरकारसम्म भ्रष्टाचारमा मुछिएको लगायतका विषय कांग्रेसले बैठकमा उठाएको नेता महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077