Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पाँच हजार घूस रकमसहित कार्यालय प्रमुख पक्राउ

तनहुँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार घूस रकमसहित कार्यालयका प्रमुखलाई पक्राउ गरेकाे छ ।

अख्तियारकाे टाेलीले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनी शाखा कार्यालयका प्रमुख कृष्णबहादुर आलेमगरलाई ५ हजार घूस रकमसहित कार्यकक्षबाट रङ्गेहात पक्राउ पक्राउ गरिएकाे आयोगका सूचना अधिकारी मेघनाथ रिजालले बताए ।

‘सोमबार एउटा गाडीले ठक्कर दिएर आँबुखैरेनीस्थित सडक छेउको एउटा बिजुलीको पोल ढलाएको रहेछ’, अधिकारी रिजालले भने, ‘त्यही पोल मर्मतपश्चात् बिलबाहेक अतिरिक्त रकम मगरले मागेका रहेछन् । गाडीवालाले धेरै दिन नसक्ने भन्दै ५ हजार रुपैयाँ दिँदै गरेको अवस्थामा उनी समातिएका हुन् ।’ थप अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077