Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उखु किसानले काठमाडाैं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

सर्लाहीका उखु किसानले बक्यौता रकम नपाएपछि आन्दोलनको घोषणा गरेका हुन्।

चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

उनका अनुसार माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको छ।

सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077