Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

    आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

    अनलाइन नेपाल
  • शनिबार, २७ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

    प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।



    सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ ।



    प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार