Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीलाई प्राधिकरणको आग्रह

    विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीलाई प्राधिकरणको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 291
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई आग्रह गरेको छ ।

    एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्वाधार सुधारमा लगानी बढाउन आग्रह गरेका हुन् ।



    उनले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरूसँगको विद्युत् व्यापार विस्तारका निम्ति उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए।ऊर्जा क्षेत्रका निम्ति आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको प्रतिनिधिमण्डले जनाएको थियो ।



    एआईआईबीले हाल विद्युत् वितरण प्रणाली सुधार र विस्तार परियोजना कार्यान्वयनका निम्ति नेपाललाई ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ ।

    एआईआईबीले कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा चार करोड डलर ऋण प्रवाह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार