Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

'आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउछ'

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने बताएका छन्। उनले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने बताए ।

पार्टीले सोमवार गर्न लागेको प्रदर्शनमा नेतृत्वका लागि विराटनगर आइपुगेका महामन्त्री डा. कोइरालाले बिहान कोइराला निवासमा स्थानीय संवाददाताहरूसित कुरा गर्दै हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रहको अवधारणा अघि सारेका हुन्।

कोइरालाले भने, ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ। यसका लागि नेपाली काङ्ग्रेसको आगामी सरकारले जनमत सङ्ग्रह गराउने छ।’ उनले पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवारबाट सल्लाह गरेर सभापतिमा उम्मेदवारी दिने जानकारी दिए ।

उनको भनाइ थियो, ‘जो उम्मेदवार हुन्छ सरसल्लाहले हुन्छ। शेखर, सुजाता र म तीन जना बसेर छलफल गरेर सभापतिको एक जना उम्मेदवारको निर्णय गर्नेछौँ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077