Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काठमाडौंमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ।

यसैक्रममा काठमाडौंमा पनि विरोध प्रदर्शन सुरु भएको छ ।

अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु रत्नपार्कस्थित शान्ति बाटिकामा जम्मा भएर विरोध र्‍याली सुरु गरेका छन्।

र्‍यालीमा उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता रहेको छ।

गलत मार्गमा हिँडेकाले सरकारलाई सजग गराउन र नागरिकलाई सचेत हुन आग्रह गर्दै सोमबार देशभर प्रदर्शन गरिने कांग्रेसले जनाएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको छ।

कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शून्यता के हुन सक्छ ?’ कांग्रेसले सोमबारको प्रदर्शनपछि सरकारविरुद्ध काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ। देशव्यापी विरोध प्रदर्शनको तयारीबारे छलफल गर्न मंसिर २५ गते बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077