Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ रिक्त पद पदपूर्तिका लागि ओलीले संवैधानि बैठक बाेलाएका हुन्।

यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेकाे थिएन । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी पठाएका थिए ।

देउवा र सापकोटा नआएपछि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच केहीबेर अनौपचारिक कुराकानी भएको थियो । संवैधानिक नियुक्तिबारे मंसिर २७ मा कुराकानी भएकाले देउवा सहभागी हुने बताइएको छ ।

संवैधानिक परिषद्को बैठक बोलाएकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने असहमति जनाएको स्रोतले जनाएको छ । पार्टी स्थायी कमिटी बैठक बसिरहेकाले राजनीतिक संवैधानिक नियुक्तिको प्रक्रिया बढाउन नहुने प्रचण्डको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077