Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीकै सल्लाहकारले आक्रोश पोख्दै भने - सभामुख सापकोटा स्वतन्त्र व्यक्ति होइनन्

काठमाडौं। संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग गरेर सभामुख  अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि ओलीकै प्रेस सल्लाहकारले आपत्ति जनाएका छन्।

सामाजिक सन्जाल फेसबुकमा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले लेखेका छन्, 'सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक दायित्व र कर्तव्यविपरित बहिष्कार गर्नुभएका मंसिर २८ र ३० गते संविधानबमाेजिम आयाेजित संबैधानिक परिषदका दुई वटा बैठक । जबकि सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने सम्बैधानिक परिकल्पना र व्यवस्था रहेकाे छ।'

सुर्य थापाले आज बेसेको बैठकका तस्बिर समेत पोस्ट गरेका छन् ।

यता संविधानको व्यवस्था अनुसार संवैधानिक परिषद्का सदस्य सभामुखले संवैधानिक परिषद्को ‘बहिस्कार’ गरेपछि उनको स्वतन्त्र भूमिकामाथि प्रश्न उठेको छ। नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच विवाद चर्किएको छ। पार्टीमा समन्वय नगरेरै प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएपछि प्रचण्ड पक्ष आक्रोशित बनेको छ।

सोही कारण सभामुख अग्निप्रसाद सापकोटा बैठकमा  नगएको वताइएको छ। सभामुख सापकोटा प्रचण्डका विश्वास पात्र हुन्।

प्रचण्डकै जोडबलमा सभामुख भएका सापकोटाले महत्वपूर्ण समयमा संवैधानिक परिषद्को बैठकमा नगएर प्रचण्डको इच्छा पूरा गरी ओलीलाई असहयोग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077