Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अध्यादेशप्रति प्रचण्डले आपत्ति जनाउँदै भने -यो लोकतन्त्रको उपहास हो, तुरुन्त खारेज गरिनु पर्छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि  नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका छन् ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् ।

अध्यक्ष प्रचण्डले स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याएको भन्दै खारेजको माग गरेका छन् ।   अध्यादेश लोकतन्त्रको उपहास हुने भन्दै प्रचण्डले  तरुन्त खारेज गरिनुपर्ने वताएको स्रोतको भनाइ छ ।

संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग गरेर सभामुख  अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि  ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।

प्रचण्डकै जोडबलमा सभामुख भएका सापकोटाले महत्वपूर्ण समयमा संवैधानिक परिषद्को बैठकमा नगएर प्रचण्डको इच्छा पूरा गरी ओलीलाई असहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077