Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक परिषदको बैठकमा काँग्रेस सभापति देउवा सहभागी नहुने

काठमाडौं । आज साँझ डाकिएको संवैधानिक परिषदको बैठक नेपाली काँग्रेसले बहिस्कार गरेको छ। आज राष्ट्रपतिले जारी गरेको अध्यादेशमाथि कडा प्रतिक्रिया जनाउँदै काँग्रेसले बैठकमा प्रतिपक्षी दलको उपस्थिति नहुने जनाएको हो।

साेहीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, 'आज बिहानको बैठकमा सभापतिज्यूले अध्यादेश ल्याएमा काँग्रेसको सहमति नहुने प्रस्ट रुपमा भनिसक्नुभएको छ। बिहान बैठक बोलाउने, दिउँसो अध्यादेश जारी गरेर फेरि बोलाइएको बैठकमा सभापति जानु हुन्न।'

उनले संसद अधिवेशनका लागि १९ दिन बाँकी रहँदा संसद छलेर अध्यादेश ल्याइनुलाई अराजनीतिक गतिविधि भएको समेत टिप्पणी गरे। 'प्रधानमन्त्रीको राजनीतिक नियतमाथि प्रश्न गर्नुपर्ने भएको छ,' शर्माले भने।

मंगलबार नै बिहान बोलाइएको बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगीत भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउसो नै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेकी छन् । ६ सदस्यीय परिषद्को बैठकको गणपुरक संख्या अध्यादेशले घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077