Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विवादास्पद अध्यादेशपछि संवैधानिक परिषद्काे बैठक जारी

काठमाडौं । संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी छ।

बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चाेलेन्द्र समशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ रिक्त पद पदपूर्तिका विषयमा छलफल भइरहेकाे छ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेकाे थिएन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेसँगै यसकाे सत्तारूढ दल र प्रतिपक्ष दलका नेताहरूले पनि विराेध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077