Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अध्यादेशबारे छलफल गर्न कांग्रेस शीर्ष नेताहरुको बैठक भाेलि बस्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न भाेलि शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुनेछन् ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सरकारले मंगलबार जारी गरेको अध्यादेश र पार्टीले सोमबार आयोजना गरेको विरोध कार्यक्रमको समीक्षा हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077