Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक परिषद् बैठकले कुनै निर्णय गरेन

काठमाडौं । संवैधानिक परिषदको बैठक सकिएकाे छ।

अध्यादेश जारी गरेपछि साँझ संवैधानिक परिषदको बैठक बसेको थियो ।

स्राेतका अनुसार अध्यादेश जारी गरेर बसेको संवैधानिक परिषदको बैठकले कुनै निर्णय गरेकाे छैन । बैठकमा नियुक्तिका विषयमा सामान्य छलफल भएको स्रोतले बतायाे ।

प्रधानमन्त्री ओली यसअघि सोमबार पनि शीतलनिवास पुगेका थिए । उच्च स्रोतका अनुसार सोमबार ओलीले शीतलनिवासमा दुईघण्टा बिताएका थिए ।

स्राेतका अनुसार संवैधानिक परिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

ओली संवैधानिक परिषद्को बैठक सकिनेबित्तिकै शीतलनिवास प्रस्थान गरेका स्रोतले बतायाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077