Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पार्टी बैठक चलिरहँदा अध्यादेश ल्याउनु भनेकाे ओलीको स्वेच्छाचारी कदम हाे : नेता रावल

काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुले विरोध जनाएका छन् ।

नेकपा नेता भीम रावलले अध्यादेश ल्याइएको प्रति टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमको भएकाे संज्ञा दिएका छन् ।

पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका नेता रावलले भनेका छन्, ‘यो प्रधानमन्त्रीको स्वेच्छाचारी कदम हो। पार्टीको बैठक भइरहेको बेला अध्यादेश ल्याउनु अत्यन्त आपत्तिजनक छ। अध्यादेश तुरुन्त फिर्ता लिनुपर्छ ।’

उनले प्रधानमन्त्रीको पहलमा जारी गरिएको यो अध्यादेश संविधानकाे भावना र मर्म विपरि तथा लोकतन्त्रको मान्यता विपरित भएको बताएका छन् ।

उनले भने, ‘संसदको बैठक बलाउने समय अगाडि आइरहेको बेला, पार्टीको स्थायी कमिटी बैठक जारी रहेको बेला जसरी प्रधानमन्त्रीले अध्यादेश जारी गराउनुभएको छ, यो स्वेच्छाचारीपूर्ण काम हो । संविधानमाथिको प्रहारलाई रोक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077