Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यादेश फिर्ता हुने भएपछि प्रचण्ड-नेपाल समूहपनि आफ्नो अडानबाट पछि हट्याे

काठमाडाैं । संसद बैठक बोलाउनु पर्ने पक्षमा रहेको प्रचण्ड–माधव नेपाल समूहपनि आफ्नो अडानबाट पछि हटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिन राजी भएपछि प्रचण्ड–माधव नेपाल समूह आफ्नो अडानबाट पछि हटेको हाे ।

ओलीले मंगलबार अध्यादेश ल्याएपछि प्रचण्ड-नेपाल समूह संसद अधिवेशन बोलाउनका लागि दवाव दिन राष्ट्रपतिलाई नै हस्ताक्षरसहितकाे निवेदन बुझाउन राष्ट्रपति कार्यलय शितल निवास पुगेको थियो ।

तर बुधबार महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीच वालुवाटारमा भएको वार्तामा ‘ओलीले अध्यादेश फिर्ता लिने र प्रचण्ड–नेपाल समूह संसद बैठक बोलाउने अडानबाट पछि हट्ने’ सहमति भएको हो ।

मंगलबार ओलीले अध्यादेश ल्याएसँगै नेकपाभित्रको विवाद थप चर्किएको थियो भने ओली इतर समूहले ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो । जसअनुसार दुई पक्षबीच विवादले चरम रुप लिएकै बेला बालुवाटारमा बसेको बैठकमा यस्तो समझदारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077