Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कहिलेसम्म जारी रहन्छ उखु किसानकाे आन्दोलन?

काठमाडौं । आन्दोलनरत उखु किसानहरुले भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने बताएका छन् ।

सरकारले वार्तामा बोलाई पठाएको पत्रको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई जवाफ लेखी किसानहरुले भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने बताएका हुन् ।

उनीहरुले सरकारी कोषबाट आफूहरुको रकम भुक्तानी गरिदिने वा उद्योगीले रकम नदिएसम्म आन्दोलन जारी राख्ने शर्त अघि सारेका हुन् ।

किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले पत्रमा भनेका छन् ‘प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने त्यस कोषबाट किसानहरुलाई बाँकी बक्यौता रकम भुक्तानी गरियोस् र त्यो सम्पूर्ण रकम उद्योगीहरुबाट सरकारले ब्याजसहित असुल उपर गरी भुक्तानी गरियोस् ।’

उनले मन्त्रालयले उद्योगीहरुबाट कुन मितिसम्म भुक्तानी गराउने हो, त्यो मितिसम्म किसानहरु सडकमै शान्तिपूर्ण आन्दोलनमा बस्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077