Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषदकाे बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद बैठक बोलाएका छन् । अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५:३० बजे परिषद्काे बैठक बाेलाएका हुन् ।

बुधबार नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यादेश फिर्ता गर्ने सहमति गरेका ओलीले सो सहमतिको विपरित अध्यादेश फिर्ता नहुदै संबैधानिक परिषदको बैठक बोलाएका हुन् । नेकपाको स्थायी कमिटी बैठकले पनि अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।

मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । त्यसपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

बेलुका बसेको परिषद बैठकमा भने कांग्रेस सभापति शेरबाहदुर देउवा उपस्थित भएनन् । अध्यादेश जारी गरे बैठकमा उपस्थित नहुने उनले बताएका थिए। पछि संसदमा ८३ जना सांसदहरू संसद अधिवेशन माग गर्दै हस्ताक्षर बुझाउन शितल निवास पुगेका थिए।

तर, स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने सहमति भएसँगै शितल निवासमा पुगेका सांसदहरू फर्किएका थिए। प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परिषद बैठक बोलाएको जानकारी पठाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077