Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ओली-प्रचण्ड भेटवार्तापछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ साढे ५ बजेका लागि बाेलाएकाे परिषदको बैठक स्थगित भएकाे हाे । अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता नहुँदै परिषद्काे बैठक बाेलाएका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले परिषद्काे बैठक बस्न लागेकाे भन्दै आपत्ति जनाएका थिए । उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा परिषद‍् बैठक स्थगित गर्न सुझाएपछि बैठक स्थगित भएको वालुवाटार स्रोतले जानकारी दियो।

दुबै अध्यक्षबीच भएकाे सहमति अनुसार परिषद्काे बैठक स्थगित भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077