Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संविधानको इमान्दारपूर्वक पालना गर्न आग्रह

काठमाडौं । संवैधानिक कानून व्यवसायी मञ्चले संविधानपालनाको शपथप्रति इमान्दार बनेर संवैधानिक परिषद्सम्बन्धी प्रचलित संवैधानिक तथा कानूनी प्रावधानको यथोचित परिपालना गर्न आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष राजुप्रसाद चापागाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा लामो समयदेखि रिक्त संवैधानिक पदमा नियुक्तिको कर्तव्य अविलम्ब पूरा गर्न संवैधानिक परिषद्का सम्पूर्ण पदाधिकारीलाई संविधानप्रति इमान्दार हुन आग्रह गरिएको छ ।

कोभिड–१९ महामारीले निम्त्याएको अहिलेको जटिल परिस्थितिमा व्यक्तिगत लहड, गुटगत तथा दलगत स्वार्थ सिद्धिबाट माथि उठेर संवैधानिक कर्तव्यप्रति निष्ठावान् रही शासन व्यवस्था सञ्चालन गर्न गराउन सरकार तथा जिम्मेवार राजनीतिक दललाई समेत मञ्चले आह्वान गरेको छ ।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन नचलिरहेको र तुरुन्तै अधिवेशनको सम्भावना पनि नरहेको अवस्थामा तत्काल केही गर्न जरुरी भएको तर कानूनी रिक्तताका कारण उक्त काम गर्न बाधा उत्पन्न भएमा मात्रै अध्यादेश जारी गर्न सकिने भए पनि प्रचलित कानूनको इमान्दार परिपालना गर्न विज्ञप्तिमा भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077