Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दरबारमार्गमा जुवा खेल्दै गरेका दुई महिलासहित ८ जना पक्राउ

काठमाडौं । दरबारमार्गस्थित लाउन्जबारमा जुवा खेल्ने दुई महिलासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लाउन्जका शेयरधनी प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवाली, रञ्जना ढकाल र ओममाया गुरुङ रहेका छन् ।

जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारबाट उनीहरूलाई महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

जुवाखालबाट ५ लाख १८ हजार बरामद गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले बताए । उनीहरुलाई जुवा मुद्दामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077