Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता

सिन्धुली । कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गरेकी छन् । एकसय तीन वर्षका उमेरमा उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।

उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरेका हुन् । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।

राष्ट्रिय समाचार समितिबाट गत मङ्सीर २२ गते ‘सय वर्ष पार गर्दा पनि छैन नागरिकता’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले समाचार पढेपछि आफूले वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेको जानकारी दिए ।

“आवश्यक कागजपत्रसहित ती आमालाई पत्ता लगाएर जिल्ला प्रशासन कार्यालयमा लिएर आउन आग्रह गरेकामा आज आएकाले नागरिकता प्रदान गरेका हौँ,” उनले भने, “विसं १९७४ माघ १५ गते जन्मभएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।” नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित भएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ । पाँच वर्षअघि छत्रमायाका श्रीमान्को निधन भएको थियो । यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077