Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारी गाडीमा सांसदले घाँस बोक्न थाले, चौतर्फी आलोचना

    सरकारी गाडीमा सांसदले घाँस बोक्न थाले, चौतर्फी आलोचना

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहले सरकारी गाडीको चरम दुरुपयोग गरेको पाइएको छ।

    सिंहले सरकारी सम्पत्तिको दुरुपयोग कतिसम्म गर्छन् भन्ने उदाहरण कर्णाली प्रदेशमा देखिएको छ ।



    सभापति गणेशप्रसाद सिंहले सरकारी गाडीमा घाँस बोक्ने गरेको तस्बिर नै सार्वजनिक भएको छ । सभापति सिंहले चढ्ने सरकारी गाडी हरेक शनिवार घाँस बोक्न प्रयोग हुने गरेको पाइएको छ ।



    जाजरकोटबाट निर्वाचित प्रदेशसभा सांसद एवं समितिका सभापति सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको खुलेको छ ।

    नेकपा सांसदका यस्ता हर्कतको चौतर्फी आलोचना भइरहेको छ ।

    यसबारेमा सामाजिक सन्जालमा भरत महतारा लेख्छन्, ‘प्राकृतिक स्रोत समितिका सभापतिले गाडिमा घाँस बोक्नुलाई  अन्यथा मान्नुहुदैन, किनकी घाँस पनि प्राकृतिक स्रोत हो ! तै पनि येसो भनेको है हजुर ! कर्णाली प्रदेश ०२ – ००१ झ ००४० नम्बरको उक्त गाडी अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहले प्रयोग गर्दै आएका छन्। माननीय मुख्यमन्त्री ज्युको ध्यान जाओस ।यसरी बेइज्जत नगरौ न हजुर मेरो कर्णाली प्रदेशको !

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार