Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • त्रिपुरेश्वरमा पासपोर्ट बनाउने नाममा ठगी धन्दा, कीर्ते सरकारी छापसहित १२ जनाको गिरोह पक्राउ

    त्रिपुरेश्वरमा पासपोर्ट बनाउने नाममा ठगी धन्दा, कीर्ते सरकारी छापसहित १२ जनाको गिरोह पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २ चैत्र २०७८
  • 2K
    SHARES

    काठमाडौं ।  प्रहरीले त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा सरकारी छाप कीर्ते गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभनमा ठगी गर्दै आइरहेको १२ जनाको गिरोहलाई पक्राउ गरेको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाई नागरिकहरुलाई ठगी गरिरहेको भन्ने सूचनापछि  प्रहरी वृत्त कालिमाटीबाट निस्केको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेहरुमा रोल्पाको माडी गाउँपालिका–१ घर भई हाल गोंगबु मिलन टोल बस्ने २९ वर्षीय अमृत थापा, माडी–४ घर भई मिलन टोल बस्ने २४ वर्षीय प्रज्वल खड्का, बागलुङको बागलुङ नगरपालिका–८ का घर भई सामाखुशी बस्ने ३० वर्षीय रञ्जित कार्की, म्याग्दीको बेनी नगरपालिका–५ घर भई मनमैजु बस्ने ३३ वर्षीय रामजी परियार रहेका छन्।



    यस्तै, ललितपुरको महांकाल गाउँपालिका–३ घर भई हाल गोंगबु बस्ने ३६ वर्षीया गोमा बजगाईं, पाल्पाको पूर्वखोला गाउँपालिका–५ घर भई गोंगबु बस्ने ३३ वर्षीय जीवनकुमार श्रेष्ठ, रामेछापको गागल गाउँपालिका–८ घर भई गौशाला बस्ने ३७ वर्षीय मिठे मगर रहेका छन्।

    यसैगरी, ललितपुरको महांकाल गाउँपालिका–२ घर भई हाल मानिखेल बस्ने रमेश बजगाईं, काभ्रेपलाञ्चोकको कटुन्जेवेशी गाउँपालिका–५ घर भई हाल माछापोखरी बस्ने २५ वर्षीय सन्दिप मैनाली, सिन्धुलीको दुधौली नगरपालिका–६ घर भई धुम्बाराही बस्ने २१ वर्षीय अभिषेक मगर, दैलेख काठबीस नगरपालिका–३ घर भई सिनामंगल बस्ने २२ वर्षीय निरञ्जन तिवारी र धादिङको थाक्रे गाउँपालिका–४ घर भई कलंकी बस्ने २४ वर्षीय मदन तामाङ पनि पक्राउ परेका छन्।

    उनीहरूको साथबाट १४ वटा मोबाइल, सरकारी एवं निजी छाप १० वटा, कन्सुलर विभागको छाप एउटा, राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको छाप एक/एक वटा बरामद भएको छ।

    यस्तै, पुलिस क्लियरेन्स सर्टिफिकेट ३ थान, कोरोना खोप प्रमाणपत्र एक थान, ईपासपोर्ट फारम ५ थान, देवल माध्यमिक विद्यालय, डडेलधुराको छाप एक थानसहित अन्य विभिन् छाप बरामद भएको प्रहरीको भनाइ छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार