Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंमा सार्वजनिक बिदा भए पनि आज बैंक र राहदानी विभाग खुला रहने

    काठमाडौंमा सार्वजनिक बिदा भए पनि आज बैंक र राहदानी विभाग खुला रहने

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 762
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् ।

    काठमाडौं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।



    राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्तै, राहदानी विभागले घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ ।



    विभागका सूचना अधिकारी खिमानन्द भुसालले बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा दिने बताए । मंगलबारका लागि ८०० जनाले राहदानीको फर्म भरेकोले २ः३० बजेसम्म सेवा दिने भुसालले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार