Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने

    ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । राहदानी विभागले आजबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ।

    राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।



    राहदानी विभागले सूचना निकालेर अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ राहदानी छनोट गरी आवेदन दिन अनुरोध गरेको छ।



    ३४ पृष्ठको राहदानीको अभावले गत असारदेखि विभागले ६६ पृष्ठको वितरण गर्दै आएको थियो।

    ३४ पृष्ठको लागि ५ हजार र ६६ पृष्ठको १० हजार रुपैयाँ शुल्क लिने गरेको विभागले ३४ पृष्ठको राहदानी सकिएपछि ५ हजारमै ६६ पृष्ठको राहदानी वितरण गरिरहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार