Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पासपोर्ट लिँदा लाग्ने दस्तुर घट्यो, विभागबाट ६६ पृष्‍ठको राहदानी १२ हजारमा पाइने

    पासपोर्ट लिँदा लाग्ने दस्तुर घट्यो, विभागबाट ६६ पृष्‍ठको राहदानी १२ हजारमा पाइने

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले राहदानी (पासपोर्ट) को दस्तुर घटाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधन गरेको हो ।

    विभागले अबदेखि सेवाग्राहीले विभागबाट ६६ पृष्ठको राहदानी लिँदा १२ हजार र जिल्लाबाट लिँदा ५ हजार दस्तुर तिर्नुपर्नेगरि मूल्य परिवर्तन गरेको छ ।



    विभागले जारी गरेको सूचनामा गत जेठ २४ गते मन्त्रिपरिषदको बैठकले राहदानी नियमावली २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरिएको उल्लेख छ ।



    नयाँ दस्तुर आइतबार देखि लागू हुनेछ । यसअघि ३४ पृष्ठको हकमा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ दस्तुर लिने गरिएको थियो । राहदानीको अन्य दस्तुर भने परिवर्तन भएको छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार