Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद् विघटनकाे संयुक्तरुपमा विरोध गर्ने नेकपा, कांग्रेस र जसपाकाे निर्णय

काठमाडौं । सरकारले संसद् विघटन गरेपछि सत्तारूढ नेकपासहितका तीन दलले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटनप्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको हुन् ।

संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हो । त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने । सबै उपायहरुद्वारा त्यसको विरोध गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठका अनुसार नेकपा नेताहरुको पहलमा तीन दलको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो । आजको अनौपचारिक बैठकमा सरकारको कदमविरुद्ध संयुक्त रुपमा तीन दल विरोधमा उत्रने समहति भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077