Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित संसदमा रहेका तीन प्रमुख दलहरूको बैठक सानेपामा जारी छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ साथै जनता समाजवादीका डा.बाबुराम भट्टराई, महन्थ ठाकूर र राजेन्द्र महतो लगायत शीर्ष नेताहरू सहभागी छन् ।

संसद् विघटनविरुद्ध निर्णायक र कठोर कदम चाल्ने निर्णय बैठकले गर्ने बताइएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तीन दलको संयुक्त बैठकमा ओली सरकारको असंवैधानिक कदमबारे छलफल गरेर ठोस् निर्णय हुने जानकारी दिए।

आइतबार पनि तीन दलबीच प्रारम्भिक छलफल भएको थियो। आइतबार प्रधानमन्‍त्रीको सिफारिसमा राष्ट्रपतिबाट हठात् संसद् विघटन भएर चुनावको मिति घोषणा भएपछि संसदमा रहेका सबै दलहरू यसको विरोधमा उत्रेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077