Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्वदलीय बैठकबाट बाहिरिए माधब नेपाल

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे संसद् विघटनविरुद्ध निर्णायक र कठोर कदम चाल्न भन्दै सानेपामा सर्वदलीय बैठक जारी छ ।

बैठक चलिरहँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल सानेपाबाट बाहिरिएका छन्। साँझ पाँच बजेबाट सुरु भएकाे बैठकमा नेपाल करिब आधा घण्टा बैठकमा सहभागी बनेर बाहिरिएका हुन् । सानेपाबाट नेपालले कुनै प्रतिक्रिया नजनाइ बाहिरिएकाे थिए ।

संसद् विघटनविरुद्ध निर्णायक र कठोर कदम चाल्न भन्दै बसेकाे सर्वदलीय बैठकमका नेकपा, कांग्रेस र जसपाका शीर्ष नेताहरूकाे सहभागिता छ । बैठक अहिले पनि जारी छ ।

बैठकमा संसद् विघटनकाे प्रतिवादकाे रणनीति बनाउने विषयमा छलफल भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077