Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएकाे सर्वदलीय बैठकको ठहर

काठमाडौं । नेपाली कांग्रेसकाे मुख्यालय सानेपामा बसेकाे सर्वदलीय बैठकले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा)को भेलाले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद विघटन गर्नु संविधानविरोधी र अलोकतान्त्रिक कार्य भएको ठहर गरेको हो ।

संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि थप निर्णय गर्ने जनाएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै यी तीन दलका नेताहरु भेला भएर ओलीको कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077