Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

संविधानको रक्षाका लागि कांग्रेसले जिम्मेबार भूमिका निर्वाह गर्छ : देउवा

काठमाडौं । संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीले कदमविरुद्ध रणनीति तय गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ।

बुधबार दिउँसो १ बजे बस्‍ने गरी टुंगिएको मंगलबारको बैठकले कुनै निर्णय गरेको छैन। मंगलबारको बैठकलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले सम्बोधन गरेका थिए।

सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न गरेका थिए। उनले कांग्रेसले लोकतन्‍त्र र संविधानको रक्षाका लागि जिम्मेबार भूमिका निर्वाह गर्ने बताएका थिए। उनले ओलीको कदमले जनमतको अपमान भएको बताएका थिए।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सभापति देउवालगायतका नेताहरूले सम्बोधन गरेको र छलफल जारी रहेको जानकारी दिए। केन्द्रीय सदस्यहरूले बोल्‍ने क्रम सकिएपछि निर्णयमा पुगिने जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077