Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

संसद् विघटन संविधान सम्मत छैन : कांग्रेस नेता सिंह

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले संसद् विघटन गर्नु संविधान सम्मत नभएको दाबी गरेका छन् ।

कटुञ्जे घट्टेखोला लिफ्ट खानेपानी जलस्रोत समितिद्वारा आयोजित शालिक अनावरण तथा सम्मान कार्यक्रममा उनले संविधानले व्यवस्था गरेको प्रणालीमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने विशेषाधिकार नभएको जिकीर गरे ।

नेता सिंहले बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद् विघटन हुन नसक्ने तर्क गरे । “प्रधानमन्त्रीको पक्षमा बहुमत छ कि छैन भन्ने परीक्षण नै भएको छैन, संसदीय प्रक्रियाका सम्पूर्ण विकल्पमा जाँदा पनि सरकार गठन हुन सकेन भन्ने अवस्थामा बाहेक अन्य अवस्थामा संसद् विघटन गर्न पाइँदैन, सबै विकल्प सकिएपछि मात्रै संसद् विघटन भएर ताजा जनमतमा जान सकिन्छ”, उनले भने ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, सचिव निशान ढुङ्गेल, प्रदेशसभा सदस्य रजनी जोन्छे, समितिका अध्यक्ष श्रीकृष्ण वासु, समितिका कार्यालय प्रमुख रञ्जनराज ढुङ्गेललगायतले कटुञ्जेमा समिति र समितिका संस्थापक अध्यक्ष तथा पूर्वसांसद रामेश्वर ढुङ्गेलले खानेपानीको समस्या समाधान गर्न पु-याएको योगदानको चर्चा गरे ।

सो अवसरमा पानी पितासमेत भनेर स्थानीयमाझ लोकप्रिय ढुङ्गेलको शालिक अनावरण गर्नुका साथै स्थानीयवासीको प्यास मेटाउन खानेपानीमा योगदान दिएका संस्थापक तथा सहयोगीलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077