Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिलगुढी—झापा पेट्रोलियम पाइप लाइनको सर्वेक्षण सम्पन्न

    सिलगुढी—झापा पेट्रोलियम पाइप लाइनको सर्वेक्षण सम्पन्न

    अनलाइन नेपाल
  • बुधबार, ८ पुष २०७७
  • 3.4K
    SHARES

    सिलगुढी । झापा पेट्रोलियम पाइपलाइन परियोजनाको विस्तृत इन्जिनियरिङ सर्वेक्षण सम्पन्न भएको छ ।

    नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन समूहले सर्वेक्षण सम्पन्न गरेको हो ।



    यो कदमपछि परियोजनाको प्रारम्भिक चरण सम्पन्न भएको नेपाल आयल निगमले जनाएको छ । सर्वेक्षणले झापाको चारआलीदेखि मेची भन्सार हुँदै भारतीय सीमा सम्मको नेपाल तर्फको १५ किलोमिटर पाइपलाइनको ‘रुट’ पहिचान गरेको हो । पूर्वपश्चिम राजमार्ग र मेची राजमार्ग हुँदै पाइपलाइन बिछ्याइने निगमका निर्देशक तथा नेपालतर्फको संयुक्त अध्ययन समूहका संयोजक वीरेन्द्र गोइतले जानकारी दिए ।



    संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ । उनले भने, “चारआलीमा निर्माण हुने पेट्रोलियम पदार्थको भण्डारको संरचना पनि तयारीको अन्तिम चरणमा छ । पाइपलाइनको सर्वेक्षण सम्पन्न भएको छ । अब डीपीआर तयार हुनेछ । यी काम पनि डीपीआर अन्तर्गतकै काम हुन् ।’’

    पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । कुल ४१ हजार ६५० किलोलिटर क्षमताको पेटोलियम पदार्थ भण्डारण निर्माण हुनेछ । जसमा १२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चारसय किलोलिटर मट्टितेल र १२ सय किलोलिटर हवाई इन्धन भण्डारण क्षमताको निर्माण गरिने छ । यो प्रदेश नम्बर १ लाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार