Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सोमपाल, करण र कुशल यूएईको टी १० लिगमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा हुने टी–टेन लिगमा खेल्ने भएका छन् ।

उनीहरु पहिलो पटक दस ओभरको फ्रेन्चाइज लिगमा खेल्न लागेका हुन् । बुधबार रातिको ड्राफ्टबाट उनीहरूको अनुबन्ध निश्चित भएको हो ।

जसअनुसार सोमपालले मराठा अरबियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधाबीबाट खेल्ने भएका हुन् ।

सोमपालले यसअघि एक अवसरमा विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । करण र कुशलका लागि यो नयाँ अनुभव हुनेछ ।

टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिकाअनुसार आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077