Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

५ लाख रूपैयाँ लिएर कोरियन भाषा परीक्षा पास गराउने थप एकजना पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले नक्कली परीक्षार्थी बनेर इपीएस परीक्षा पास गराउने थप एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रामेछापकाे खाँडादेवी गाउँपालिका-८ स्थायी घर भई काभ्रेपलाञ्चोक पनौती नगरपालिका-७ नयाँ बस्ती बस्ने रोज बहादुर तामाङ रहेका महाशाखाले जनाएकाे छ ।

उनले कोरियन भाषाको इपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति पाँच लाखसम्म लिएर आफैले परीक्षा दिई परीक्षा पास गराउँने गरेका महाशाखाकाे अनुसन्धानबाट खुलेकाे छ ।

नक्कली परीक्षार्थी बनेर इपीएस परीक्षा पास गराउने कार्यमा वर्षौदेखि संलग्न रहेकाे सूचना आधारमा बिहीबार भक्तपुरकाे सुर्यविनायकबाट पक्राउ गरिएकाे महाशाखाले जनाएकाे छ। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077