Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओली समूहले ताेक्याे ७ वटै प्रदेशमा संयोजक

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले ७ वटै प्रदेशमा संयोजक तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) नेकपा ओली पक्षको बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट रहेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077