Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् चाँडै बिस्तार हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले चाँडै मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् ।

बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री चयन गरिने बताएका हुन् ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । ती ठाउँमा मन्त्रि नियुक्तिको तयारीमा नेकपा ओली समूह लागेको हो ।

प्रवक्ता ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ नभएको पनि प्रस्ट पारेका छन् । उनले भने, 'प्रधानमन्त्री कामचलाउ हुनुभएको छैन । राष्ट्रपतिले पनि त्यस्तो पत्र दिनुभएको छैन । उहाँ फुलफ्लेज्ड प्रधानमन्त्री हो ।'

नेकपा प्रचण्ड-नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाएको विषयमा प्रवक्ता ज्ञवालीले संसद् नै नभएको संसदीय दलको बैठकले दलको नेताबाट हटाएको नसुहाएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077