Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेसकाे केन्द्रीय समिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्य समिति बैठक स्थगित भएकाे छ ।

प्रतिनिधिसभा विघटनबारे छलफल गर्न चार दिनदेखि जारी बैठक अब एकैपटक पुस १९ गते दिउँसाे १ बजे बस्ने गरी स्थगित भएको हो।

सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेको रिट निवेदनहरुमाथि सुनुवाई गर्दै १९ गतेभित्र विघटन गर्नुको कारण र सक्कल काजगजात पेश गर्न आदेश दिएपछि कांग्रेसले पनि त्यहीँ दिनसम्म बैठक स्थगित गर्ने निर्णय गरेको हो।

आजको बैठकले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय गरेको छ ।

यस्तै पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय कार्यसमितिको बैठक पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077