Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक परिषदको बैठक बहिस्कार गरेका सापकोटा मन्त्रीहरुको सपथमा देखिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएका सभामुख अग्निप्रसाद सापकोटा मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा भने उपस्थित भएका छन्।

सापकोटा प्रधानमन्त्री  ओलीकै लहरमा उभिएका हुन । शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा सम्पन्न नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोहमा सापकोटाको उपस्थिती रहेको तस्बिर सार्वजनिक भएपछि उनको संकास्पद भूमिकाबारे टिका/टिप्पणी शुरु भएको छ।

कतिपयले सभामुखको कर्तव्यबोधप्रति खुशी मनाइरहेका थिए भने संवैधानिक परिषद्मा उपस्थित नहुनु योजनाबद्ध भन्नेमा ढुक्क थिए ।

मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख एवं अध्यक्षहरु सहभागी बन्ने प्रचलन छ ।

सपथ ग्रहण कार्यक्रममा सभामुख सापकोटासँगै राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077