Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रदेश नं. १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयमा आइतबार प्रदेशसभाका सांसदहरूले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा नेकपा (प्रचण्ड–माधव नेपाल समूह)का ३७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङ नेतृत्वको टोली संसद् सचिवालय पुगेको थियो ।

आफू समर्थक सांसदहरू आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण सो संख्यामा हस्ताक्षर संकलन भएको अविश्वास प्रस्ताव दर्ता गरेको नेताले जानकारी दिएका छन् ।

प्रस्तावमा प्रस्तावक निवर्तमान आर्थिक मामिला तथा योजना अर्थमन्त्री ईन्द्र आङ्बो छन् भने तेह्रथुमका सांसद लक्ष्मण तिवारी समर्थक छन् ।

यसअघि हिजो मात्रै आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको जानकारी पाएका मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए ।

तर, आजै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

प्रदेश १ मा ९३ सांसदमध्ये नेकपाका ६७ सांसद छन् । जसमा शेरधन राईको पक्षमा २० जना मात्रै सांसद छन् भने प्रचण्ड–माधव समूहमा ४७ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077