Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

३७ सांसदले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरे हस्ताक्षर(नामासहित )

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयमा आइतबार प्रदेशसभाका सांसदहरूले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा नेकपा (प्रचण्ड–माधव नेपाल समूह)का ३७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

यो प्रदेशमा ९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् । अविश्वास प्रस्तावको पहिलो नम्बरमा सांसद इन्द्र हाङ्वोले हस्ताक्षर गरेका छन् भने ३७ औं नम्बरमा पुर्णचन्द्र राइले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077