Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मुख्यमन्त्री राई भन्छन्- अविश्वासको प्रस्तावकाे डटेर सामना गर्छु

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको दर्ता भएकाे अविश्वासको प्रस्तावलाई डटेर सामना गर्ने बताएका छन् ।

‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई असफल बनाउने निर्देशित ढंगबाट यो अविश्वासको प्रस्ताव दर्ता भएको छ’, मुख्यमन्त्री राईले भने ।

उनले सुविधाजनक बहुमतका साथ सामना गर्ने बताएका छन् । मुख्यमन्त्री राईले विवेक भएका प्रदेश सदस्यहरु भएकाले आफ्नो पद जोगिने विश्वास गरेका छन् । ‘यो सुनियोजित, निर्देशित, चालबाजी, गोटी हो भन्ने प्रदेश सांसदहरुलाई राम्रो थाहा छ’, राईले भने ।

मुख्यमन्त्री राईले यो प्रस्ताव प्रदेशलाई तहसनहस बनाउने चाहनामा आधारित भएकाले यसलाई असफल बनाउन बहुमत सदस्यहरुको साथ पाउने आशा गरेका छन् । 

प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077