Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • मुख्यमन्त्री पौडेलद्वारा बागमती प्रदेशका उपनेता र सचेतक बर्खास्त

    मुख्यमन्त्री पौडेलद्वारा बागमती प्रदेशका उपनेता र सचेतक बर्खास्त

    अनलाइन नेपाल
  • मंगलबार, १४ पुष २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। बागमती प्रदेशका दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले उपनेता र सचेतकलाई बर्खास्त गरेका छन्।  मुख्यमन्त्री पौडेलले मंगलबार उनीहरुलाई हटाएका हुन् ।

    पौडेलले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई बर्खास्त गरेका हुन ।



    यसअघि मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।



    अविश्वास प्रस्ताव दर्तापछि आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।

    मुख्यमन्त्री पौडेल प्रधानमन्त्री तथा नेकपाको केपी शर्मा ओली समूहका हुन् भने जमरकट्टेल र माझी नेकपाको प्रचण्‍ड–नेपाल समूहका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार